काठमाडौ, लिखिता बराल : सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णराज विसीलाई दिएको छ ।
मन्त्रीपरिषदको आजको बैठकले कृष्णराज विसीलाई खानेपानी तथा सरसफाइ मन्त्रालयमा, कृष्ण प्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा, शम्भु कोइरालालाई भुमिसुधारमा र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
खानेपानी तथा सरसफाइ सचिव भीम प्रसाद उपाध्यायले उमेर हदका कारण अवकाश लिएपछि सरकारले विसीलाई सचिवको जिम्मेवारी दिएको हो ।
सचिव विसीले यस अघि भूमिसुधार प्रशिक्षण केन्द्रमा कार्यकारी निर्देशक र नापी विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसक्नु भएको छ । उहाँ गत साउनमा मात्र सहसचिवबाट सचिवमा पदोन्नति हुनुभएको हो ।


705 पटक हेरिएको 

