अदुवाखोला सफाइ अभियान चौथो हप्तामा, संस्थागत सहभागिता बढ्दै

वास खवर सम्वाददाता/विर्तामोड (झापा) : विर्तामोड नगरपाालिकाहुँदै बग्ने अदुवाखोला हनुमन्ते खोला सफाइ अभियानको चौथो हप्तामा संस्थागत सहभागितामा वृद्धि भएको छ । विर्तामोड नगरपालिका, वडा नं. १ मा रहेका टोलहरु र सरसफाइ स्वयंसेवीहरु रहेको अदुवाखोला सरसफाइ व्यवस्थापन समिति गठन गरी सफाइ अभियान थालनी गरिएको थियो ।


आजको खोला सफाइमा अदुवा खोला सरसफाइ समिति, विर्तामोड सफाइ अभियाान, यूनिक स्वयंसेवक नेपाल, सामुदायिक प्रहरी, अनारमनी प्रहरी चौकी, विराट सामुदायिक अध्ययन केन्द्रका साथै रेयूकाई नेपाल, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईको समेत संस्थागत सहभागिता रहेको सफाइ अभियान संयोजक भरत बस्नेतले जानकारी दिनुभयो । रेयूकाई नेपालको तर्फबाट सफाइका लागि आवश्यक पञ्जा र मास्क सफाइ अभियानलाई प्रदान गरियो ।


वडा नं. १ बाट थालनी गरिएको अभियान क्रमशः अन्य वडाहरुमा समेत विस्तार गरिने वडाअध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो । प्रत्येक शनिबार विहान साढे सात बजेदेखि अदुवा खोला सफाइ गरिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार