
मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं.१ स्थित श्री महाकाली नमुना विद्यालय श्रीनगर, गमगढीमा १० वटा युरिनल च्याम्बर सहित ८ वटा सुलभ शौचालय निर्माण हुने भएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोग तथा छा‐याँ नेपालको सहयोगमा सञ्चालित विद्यालयमा अपाङ्गता समावेशी खानेपानी, सरसफाइ तथा स्वच्छता र सुरक्षित खानेपानी समुदायका लागि प्राविधिक सहयोग परियोजना अन्तर्गत निर्माण हुन लागेको शौचालयको छायाँनाथ रारा नगरपालिकाका उप प्रमुख सुन्तला रोकायाले सिलान्यास गर्नुभयो ।

शौचालय निर्माणका लागि युनिसेफ नेपालको १७ लाख ४६ हजार ९०१ रुपैयाँ ८७ पैसा अनुदान र विद्यालयको लागत साझेदारी १ लाख ८८ हजार ८४ रुपैयाँ २६ पैसा गरी १९ लाख ३५ हजार ७५६ रुपैयाँ १२ पैसा लगानी हुने भएको छ ।
विद्यालयमा दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्था प्रबर्द्वन गरी शौक्षिक उपलब्धी बढाउने अनुकुल वातावरण सिर्जन गर्ने उद्देश्यले श्री महाकाली नमुना विद्यालय श्रीनगर सहित छायाँनाथ रारा नगरपालिकाका २५ वटा विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्था प्रवद्र्धनका लागि सम्झौता भई कार्यान्वयन भईरहेको संस्थाका परियोजना संयोजक मिनबहादुर रावलले जानकारी दिनुभयो ।


1124 पटक हेरिएको 

