सन्दर्भ : विश्व पानी दिवस, पर्यटनका लागि पानीकै भर

🔗
105
Shares

विनोद धौलागिरि/काठमाडौ : पोखराबाट सातवटै तालहरुलाई हटाइदिने हो भने त्यहाँको पहिचान, स्वरुप र प्रकृति के होला ? फेवाताल र बेगनास तालविनाको पोखरा कस्तो देखिएला ? बुलबुले ताल हटाइदिने हो भने सुर्खेतको पहिचान कस्तो होला ?

नदी, ताल र हिमाल स्थानीय तह, जिल्ला, प्रदेश र देशकै पहिचायक बनेका छन् । बागमती र कर्णाली प्रदेशको नाम नै नदीका नामबाट राखिएको छ । पानी सबै जीवको आधार हो, मिथिला संस्कारमा उपासनाको मुख्य बस्तु हो भने प्राकृत धर्मले पानी, माटो र रुख विरुवालाई देवताको रुपमा लिन्छ । पृथ्वीमा एक तिहाइ जमिन छ भने दुई तिहाइ पानी छ । तर सबै पानी पिउन र दैनिक जीवनमा प्रयोगयोग्य छैन । जमिनमा हाम्रो पहुँचमा रहेको पानी मध्ये करिब १ प्रतिशत पानी मात्र पिउन लायक छ ।

पर्यटनका लागि पानीको भर

पछिल्ला वर्षहरुमा नेपालमा लगानी, आवद्धता र प्रतिफललाई हेर्ने हो भने पानी नै पर्यटन धान्ने आधार बनेको छ । सेतो पानीको नदी भनेर चिनिने भोटेकोशी र त्रिशुली नदी जल पर्यटनको मुख्य आकर्षणको रुपमा रहेको ¥याफ्टिङका लागि विश्वकै ६ उत्कृष्ट स्थानभित्र पर्छन् ।
जल पर्यटनमा मूलतः १६ देखि ३० वर्ष उमेर समूहका युवाहरु आवद्ध भएका छन् । बेलाायत, फ्रान्स, अमेरिका, जापाान, क्यानडा, अष्ट्रेलियाबाट आउने अधिकांश पर्यटक जल पर्यटनसँग जोडिएका छन् ।


भोटेकोशी, त्रिशुली, सुनकोशी, कर्णाली, कालीगण्डकी, अरुण, तामाकोशी लगायतका १६ वटा ठूला नदीमा नेपाल सरकारले ¥याफ्टिङका लागि अनुमती दिएको छ । नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज् (नारा) का अनुसार ६५ ¥याफ्टिङ एजेन्सीले अनुमति पाएका छन्, जसमा १५०० गाइडहरु आवद्ध रहेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालमा पर्यटननबाट ४७१ मिलियन अमेरिकी डलर आम्दानी हुन्छ, जुन नेपाली रुपैयाँमा ५२ अर्ब २८ करोड १० लाख रुपैयाँ हुन्छ ।

नेपालमा ६० भन्दा बढी तालमा डुंगा व्यवसाय सञ्चालनमा रहेको छ । डुंगा व्यवसायमा एक लाख परिवारभन्दा बढी प्रत्यक्ष रुपमा आश्रित छन् । परम्परागत डुंगाहरु व्यक्तिका साथै डुंगा व्यवसायी समितिमार्फत सञ्चालन भएका छन् भने मोटर बोटहरु प्रायः कम्पनीले सञ्चालन गरेका छन् ।

साहसी पर्यटन र साहसी खेलमा समेत पानीकै बाहुल्यता

नेपाल ९ वटा साहसिक खेलमा विश्वभर नै चिनिन्छ, जसमा पानीसँग सम्बन्धित खेलको बाहुल्यता रहेको छ । रिभर ¥याफ्टिङ, बञ्जी जम्पिङ, क्यानोइङ र स्नो स्किङ् पानी र हिउँसँग सम्बन्धित खेलहरु हुन् । यी चार खेलले नेपालको साहसिक पर्यटनको करिब ४५ प्रतिशत हिस्सा ओगट्छन् ।


नेपालमा पर्यटक आगमनको आधिकारिक तथ्यांक सन् १९६४ देखि राख्न सुरु गरिए पनि पर्यटकको औसत नेपाल बसाइको गणना भने सन् १९७४ देखि गर्न थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सन् १९७४ मा ८९ हजार ८ सय ३८ पर्यटक नेपाल आएका थिए, जुन वर्ष औसत नेपाल बसाइ १३.२० दिन रहेको थियो । पर्यटकको संख्या सन् २०१९ सम्म आइपुग्दा ११ लाख ९७ हजार १ सय ९१ पुग्यो, तर औसत बसाइको अवधि भने लम्बिन सकेको छैन । सन् २०१९ मा पर्यटकको औसत नेपाल बसाइ १२.७ दिन रहेको छ ।

साहसिक खेल र पानीसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने हो भने नेपालमा पर्यटकको औसत बसाइ लम्ब्याउन सकिने धारणा राख्नुहुन्छ, भर्खरैमात्र झापामा सञ्चालनमा आएको वाटर किङडम पार्क शिवसताक्षीका कार्यकारी निर्देशक राजकुमार संग्रौला । नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी थाालनी गरिउको वाटर किङडम पाार्क निर्माण पूरा गरी औपचारिक रुपमा सञ्चालनमा ल्याउन कोरोना महामारीका कारण थप एक वर्ष लागेको बताउँदै उहाँ भन्नुहुन्छ, “हाम्रो उद्धेश्य आन्तरिक र बाह्य खुबै खाले पर्यटकलाई भित्राउने र पर्यटनको माध्यमबाट राष्ट्र विकासमा टेवा पु¥याउने नै हो ।”

अरबौं लगानी, हजारौं रोजगार

एक दिन भ्रमण वा पिकनिकका लागि जाने मनोरञ्जन स्थलमा समेत पानीकै खोजी हुन थालेपछि अहिले सिमसार क्षेत्रमा तलैया विस्तार भएकोमात्र होइन, पोखरी र ताल नै नभएको स्थानमा समेत कृत्रिम ताल बनाएर पाहुना भित्राउन थालिएको छ ।


सात तालको सहर पोखरामा समेत यस किसिमका पानीमा आधारित मनोरञ्जनस्थल निर्माणले पछिल्ला दिनमा बढोत्तरी पाएको छ । यसको पछिल्लो उदाहरण हो, पोखरामा बनेको बिग स्प्लास । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी अध्यक्ष रहेको आर्या द रिसोर्ट एण्ड फन प्रा.लि. ले निर्माण गरेको बिग स्प्लास निर्माण ११० मिलियन रुपैयाँ (११ करोड रुपैयाँ) लगानी भएको छ ।

झापाको विर्तामोडमा विर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुव कुमार सिवाकोटीले हेभन वाटर पार्क सञ्चालनमा ल्याउनुभएको छ । “विर्तामोड नगरपालिकालाई अर्गानिक नगरको रुपमा विकास गर्ने योजना थियो । सोही अनुसार आफू समेत एउटा व्यवसायमा संलग्न हुनुपर्छ भन्ने लागेको थियो”, नगर प्रमुख सिवाकोटी भन्नुहुन्छ, “कुनै पनि व्यवसायलाई सफल बनाउनका लागि पानीसँग जोड्नैपर्छ भन्ने लागेर हेभन वाटर पार्कको अवधारणा बनेको हो ।”

शिवसताक्षीमा निर्माण गरिएको वाटर किङडममा ३ सय ५० मिलियन रुपैयाँ लगानी भएको बताइएको छ ।

पोखराको बिग स्प्लासमात्र होइन, काठमाण्डौ कीर्तिपुरमा रहेको हुपिल्याण्ड वा काठमाण्डौ फन पार्क, अथवा भक्तपुरमा रहेको काठमाण्डौ फन भ्याली, सबैको केन्द्रमा पानी नै रहेको छ । यस किसिमका फन पार्कहरु बालबालिकालाई समेत लक्षित गरेर बनाइने भएकोले सिंगै परिवार बालबालिकासहित नै भ्रमण गर्ने र उनीहरुको बसाइ तथा खर्च समेत बढाउन सकिने आँकलन सञ्चालकहरुको छ । पूर्व इटहरीमा रहेको ओसियन पार्क एण्ड रिसोर्ट होस् या पश्चिम कैलालीको धनगढी फन सिटी, पानीकै भरमा लगानी बढिरहेको छ ।

यी फन पार्कहरु बहुउद्धेश्यीय समेत रहेका छन् । कुनैमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका पौडी पोखरी छन् भने कुनैमा अन्य खेलहरु समेत खेल्न खेलाउन सकिन्छ । “हामीकहाँ पौडी, वेब पुल, मल्टी ल्याण्ड स्लाइड, वेब स्लाइड, पेण्डुलम स्लाइड, सोफा ल्याण्ड स्लाइड लगायत आठ किसिमका खेल खेल्ने सुविधा छ”, वाटर किङडम पार्क शिवसताक्षीका कार्यकारी निर्देशक राजकुमार संग्रौलाको भनाइ छ ।

यस किसिमका वाटर पार्क र पानीमा आधारित फन पार्कहरु नेपालमा दुई सयको हाराहारीमा रहेका छन् । यस किसिमका पार्कमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी भैसकेको छ । एउटै पार्कमा ३५ करोड रुपैयाँसम्म लगानी भएको विवरणले देखाउँछ । थप ६० वटा पानीमा आधारित बहुउद्धेश्यीय फन पार्कहरु नेपालभर निर्माणाधीन रहेका छन् । हाल यस किसिमका पानीमा आधारित बहुउद्धेश्यीय पार्कहरुमा करिब २० हजारको हाराहारीमा प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

सामुदायिक व्यवस्थापनका स्थलमा समेत पानीलाई प्राथमिकता

पानी जमेका स्थान वा सिमसार अहिले पर्यटन प्रवद्र्धन र आयआर्जनका लागि खोजीका थलो बनेका छन् । सिमसार भएका सामुदायिक वन क्षेत्र वा सार्वजनिक क्षेत्र भाडामा लिने र व्यवसाय सञ्चालन गर्नेहरुको होडबाजी नै छ ।


झापा जिल्लाको कनकाई नगरपालिकामा पर्ने जामुनखाडी सामुदायिक वन क्षेत्रभित्र पानीमा आधारित बहुउद्धेश्यीय पर्यटकीय स्थल निर्माण गरिएको छ । कनकाई नगरपालिकाले समेत यसलाई सघाइरहेको छ । सामुदायिक वनको भूभाागसहित करिब चार सय हेक्टर क्षेत्रलाई समेत सिमसारको रुपमा विकास गरिएको छ । ऐतिहासिक पृष्ठभूमि रहेको गंगा र जमुना पोखरीमध्ये हाल जमुना पोखरीमात्र अस्तित्वमा रहेको छ । सिमसारहरुले आम्दानी दिन थालेपछि यस किसिमका पोखरीहरुको खोजी, सम्वद्र्धन एवम् प्रवद्र्धन समेत भैरहेको छ । जामुनबारी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत रहेको यस सिमसारमा दुई लाखभन्दा बढी पर्यटक भित्राउने लक्ष्य लिइएको छ ।

सुनसरीको तालतलैया क्षेत्रमा समेत कृत्रिम जलासयहरु समेत थप गरी व्यवसायीकरण गरिएको छ । सुनसरीकै बराहक्षेत्र नगरपालिकाले तालतलैया, नदी, धार्मिक एवम् साँस्कृतिक स्थलहरुलाई प्राथमिकतामा राखेर पर्यटन गुरुयोजना निर्माण गरिरहेको छ । कोशी नदीमा सञ्चालन हुने जेट बोट यातायात र मनोरञ्जन दुबैलाई सघाइरहेको छ ।
प्रदेश नं. २ को जनकपुरमा रहेको गंगा सागर जनकपुरमा पर्यटक भित्राउने एक प्रमुख माध्यम बनेको छ ।

पानीको यही महत्वलाई मध्यनजर गर्दै प्रदेश नं. २ सरकारले मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालन गरेको छ, जसको केन्द्रमा तालतलैया र नदीहरुको सफाइ, संरक्षण र सौन्दर्यकरण नै रहेको छ ।

पानीलाई महत्व दिऊँ


केही वर्ष अघिसम्म सरसफाइमा कमजोर मानिएको नेपाल अहिले सरसफाइ पर्यटक भित्राउन सक्ने अवस्थामा पुगिसकेको छ । नेपालको सरसफाइ अभियानको एक प्रमुख विकास साझेदार ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले पछिल्ला वर्षहरुमा नेपाललाई पूर्ण सरसफाइको सिकाइ स्थलको रुपमा विकास गर्नका लागि सहयोग गरिरहेको थियो । यस क्रममा कम्बोडिया लगायतका देशहरुबाट नेपालमा विभिन्न समयमा सरसफाइ प्रवद्र्धनको अध्ययन भ्रमणका लागि टोली विगतमा वर्षहरुमा आउने गर्दथ्यो । खानेपानी, सरसफाइ तथा स्वच्छता एकर्काका पूरा भएको र यिनीहरुलाई अलग गर्न नसकिने बताउनुहुन्छ खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारी । “पानी भएन भने सफाइ हुँदैन, सफा र स्वच्छ राख्न सकिएन भने पानीको अस्तित्व समेत रहँदैन”, अधिकारीको भनाइ छ, “पूर्ण सरसफाइ अभियानका क्रममा अबका दिनमा सरसफाइ र आयआर्जन तथा जीविकोपाार्जनलाई जोडेर लैजाँदा पानी पर्यटन वा सरसफाइ पर्यटन एक मुख्य विकल्प बन्न सक्छ ।”

यस वर्षको विश्व पानी दिवसको नारा पानीलाई महत्व दिऊँ ९ख्बगिष्लन ध्बतभच० रहेको छ । जीवन, सभ्यता, संस्कार, दैनिकी र पर्यावरणीय सन्तुलन सबैका लागि पानीको महत्व बुझ्ने र बुझाउन सक्ने हो भने हामीले हाम्रा सन्ततीलाई सुन्दर धरती हस्तान्तरण गर्न सक्छौं ।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यको नं. १ को पहिलो सूचक नै पानीको संरक्षणसँग सम्बन्धित छ । यसैगरी, वातावरणीय सन्तुलन, विकास, खानेपानी तथा सरसफाइ लगायतका लक्ष्यहरुमा समेत पानीको महत्वपूर्ण भूमिका रहेको छ ।

प्रायः सबै धर्महरुमा पानीलाई शुद्ध बनाउने बस्तुको रुपमा लिइन्छ । क्रिस्चियन, हिन्दू, मुसलमान, यहुदी, शिख सबैले पानीलाई महत्व दिन्छन् । क्रिस्चियन धर्म मान्नेहरुले पानीले बप्तिस्मा लिने गर्दछन् भने मुसलमान, यहुदी र हिन्दूहरुले स्नान गर्न शुद्ध पानीकै प्रयोग गर्छन् ।


पानीलाई विभिन्न धर्ममा आध्यात्मिक शक्तिको प्रतीक मानिएको छ । केल्टिक पौराणिक कथामा सुलिस गाई तातो मुलकी स्थानीय देवीको मान्यता दिइउको छ । हिन्दू संस्कृतिमा गंगालाई पनि देवीको रुपमा पूजा गरिन्छ । बैकल्पिक रुपमा, ईश्वरहरु विशेष नदी वा जलहरुको संरक्षक हुन सक्छ, उदाहरणका लागि ग्रिक र रोमन पौराणिक कथा पिनस तीन हजारमध्ये एक जलपरी थिइन् । ग्रिक दर्शन अनुसार आगो र वायुसँगै पानी पञ्चतत्व मध्येको एक तत्व हो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार