काठमाडौ : सरकारले खानेपानी र फोहोर व्यवस्थापन लगायत अति आवश्यकीय सेवा प्रवाह गर्ने क्षेत्रको गाडी कर्फ्यूको समयमा समेत सञ्चालन गर्न दिईने भएको छ । खानेपानी, फोहोर व्यवस्थापन सहित एम्बुलेन्स, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल तथा दुध र दुग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन लगायतका सवारी साधनमा बिषय उल्लेख गरी सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौद्वारा जारी आदेशमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले कोभिड १९ रोकाथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकारी प्रयोग गरी २०७८ वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राती १२ बजेसम्म काठमाडौ जिल्लाभर कर्फ्यू लगाउने निर्णय गरिसकेको छ ।
हेरौं काठमाडौका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश




1360 पटक हेरिएको 

