पशुपतिनाथ मन्दिरको ढुंगा टिलिक्क टल्काइयो, मध्यरातमा सरसफाइ

काठमाडौ : पशुपतिनाथ मन्दिरको मूलढोका अगाडिको ढुंगा सफाइ गरी टिलिक्क पारिएको छ । पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङले पशुपतिनाथको मूलढोका अघि सफाइ गरिएको हो ।

दिउँसो दर्शणार्थीको भीड हुने भएकाले रातको समयमा सफाइ गरी मन्दिरको ढोका र ढुङ्गा समेत टलक्क पारिएको वाग्मती सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिनुभयो ।

भक्तजन कम भएपछि बेलुकी ८ देखि राती २ बजेसम्म मन्दिर परिसरमा रहेको ढुंगेधारा, लाख बत्ती बाल्ने ठाउँ र पश्चिम मूलढोका अगाडिका ढुङ्गा सफाइ यन्त्रले पुछेर पालिस लगाइएको उहाँले बताउनुभयो । राती सफाइ सहित रङ लगाइएकाले बिहान भक्तजन जानुअघि सुकेको हुन्छ ।

पशुपतिनाथ मन्दिर भित्र पनि यसैगरी सफाइ गरिने अभियन्ता माला खरेलले जानकारी  दिनुभयो । मन्दिरभित्र बहुमूल्य गहना लगायत पुरातात्विक सम्पदाहरु भएकाले कोषसँग सम्झौता गरी सफाइ सहित पालिस लगाइने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार