काठमाडौ : खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव र चीनको सिजिकोवार्टर कम्पनी बीच नेपालमा चीनले गर्ने लगानीका विषयमा छलफल भएको छ ।
शुक्रबार मन्त्री यादव र कम्पनीका बजार प्रबन्धक डु डोङपेङ बीच भएको छलफलमा खानेपानीका विषयमा नेपालमा उद्योग स्थापना गर्ने, खेर गएको पानीको सदुपयोग गर्ने, खानेपानी, ढल व्यवस्थापन, सौर्य उर्जा लगायत विषयमा लगानी गर्ने विषयमा कुराकानी भएको मन्त्रालयका सहसचिव आशिष घिमिरेले जानकारी दिनुभयो ।
छलफलमा मन्त्री यादवले कम्पनीका प्रतिनिधिलाई विस्तृत कार्ययोजना ल्याउन आग्रह गरेको सहसचिव घिमिरेले जानकारी दिनुभयो । चिनियाँ पक्षले जलविद्युत् र सौर्यऊर्जामा काम गर्न इच्छा राखे पनि मन्त्री यादवले खानेपानीका क्षेत्रमा मिलेर काम गर्न आग्रह गर्नुभएको थियो ।