प्रदुषणका कारण चाँगुनारायण नगरपालिकाले बंगुर पाल्न नदिने, १ महिनाभित्र फार्म हटाउन निर्देशन

भक्तपुर : चाँगुनारायण नगरपालिकाले प्रदुषणको कारण देखाउदै चाँगुनारायण नगरपालिका क्षेत्रभित्र बंगुर फार्म सञ्चालन गर्न नदिने भएको छ । यसका लागि नगरपालिकाको नगरसभाबाट नगरपालिका क्षेत्रभित्र बंगुर पालनका लागि फार्म सञ्चालन गर्न अनुमति नदिने निर्णय गरिसकेको छ । साथै नगरपालिकाले हालसम्म सञ्चालनमा रहेका बंगुर फार्म समेत हटाउने भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै बंगुर पालनले वातावरण प्रदुषित भै नगरबासीको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका सागै नगरपालिकामा उजुरी समेत प्राप्त भएको आधारमा आगामी मंसिर ४ गतेभित्र बंगुर फार्म हटाई सो को जानकारी नगरपालिकाको कार्यालयमा गराउनु भनेको छ ।

निर्धारित समयभित्र बंगुर फार्म नहटाएमा नगरपालिकाले कानुन बमोजिम कार्वाही गर्ने र उक्त कार्यबाट हुनसक्ने क्षति सम्बन्धित व्यवसायीले नै व्यहोर्नुपर्ने जनाएको छ ।

हेरौं नगरपालिकाद्वारा जारी गरिएको सूचना

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार