अस्पतालको सरसफाइ सुधार्न स्वास्थ्यमन्त्री पोख्रेलको निर्देशन

काठमाडौं : स्वास्थ्यमन्त्री गिरीराजमणी पोख्रेलले अस्पतालको व्यवस्थापन र सरसफाइ निक्कै कमजोर हुदै गएकाले सुधार्न निर्देशन दिनुभएको छ ।

स्वास्थ्य मन्त्रालयको बार्षिक प्रगति समीक्षा गोष्ठीमा स्वास्थ्य मन्त्री पोख्रेलले अस्पताल अत्यन्तै फोहोर हुदै गएकाले सफाइ अभियान सुरु गर्न सम्पूर्ण स्वास्थ्य संस्थालाई निर्देशन दिनुभयो । ‘बिरामी भएर अस्पताल आउँदा उल्टै अर्को रोग थपिए को जवाफदेही हुन्छ ? कमसेकम अस्पताल त सफा राख्नुहोस् र विरामीलाई न्याय गर्नुहोस्’ उहाँले भन्नुभयो ।

स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभुति दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले त्यसका लागि आफु क्रियाशील रहेको बताउनुभयो ।

सुर्खेत स्वास्थ्य सेवामा उत्कृष्ट जिल्ला

स्वास्थ्य मन्त्रालयले सुर्खेतलाई स्वास्थ्य सेवामा उत्कृष्ट जिल्ला घोषणा गरेको छ । मन्त्रालयले प्रत्येक वर्ष उत्कृष्ट जिल्ला घोषणा गर्दै आएको छ । सुर्खेतले ९ दशमलव १ अंक प्राप्त गरी उत्कृष्ट बन्न सफल भएको हो । यस्तै अछाम ८ दशमलव ४ अंक प्राप्त गरी दोस्रो र प्यूठान ६ दशमलव २ अंक ल्याएर तेस्रो बनेको छ ।

गतवर्ष पाल्पाले पहिलो स्थान हासिल गरेको थियो । प्यूठान गतवर्ष दशौं स्थानमा परेिको थियो । स्वास्थ्य मन्त्रालयले प्रादेशिक संरचना अनुसार एक नम्बर प्रदेशमा झापा, दुई नम्बर प्रदेशमा पर्सा, तीनमा ललितपुर, चारमा कास्की, पाँचमा प्यूठान, छ मा सुर्खेत र सातमा अछाम स्वास्थ्य सेवामा उत्कृष्ट जिल्ला बनेको मन्त्रालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार