
हेटौंडा : हेटौंडा उपमहानरपालिका व्यवस्थित खानेपानी र ढल निर्माणको योजना बनाउने तयारीमा जुटेको छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा संघीय खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत उपमहानगरले हेटौंडामा खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गरेको हो ।
आयोजना अन्तर्गत सन् २०५५ सम्म सम्पन्न हुने गरी डीपीआर तयार गर्ने, हेटौंडाको सहरी ढल व्यवस्थापन, भूमिगत ढल र सहरी लेदोजन्य फोहर व्यवस्थापन सम्बन्धमा सोमबार उपमहानगरमा छलफल गरिएको छ । कार्यक्रममा उपमहानगर प्रमुख मिनाकुमारी लामाले एकीकृत र व्यवस्थित शहर निर्माण र विकासमा अघि बढ्ने बताइन् ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी अधिकृत सुदर्शन ढकालले अहिलेसम्म उपमहानगर क्षेत्रमा खानेपानीको वितरण, पूर्वाधार र व्यवस्थापनबारे प्रकाश पारेका थिए । उनका अनुसार बोर्डले २२ वटा डिपबोरिङ, ७ वटा इनारबाट निकालिएको पानी २२ हजार २ सय ५० धारा मार्फत वितरण भइरहेको छ । बोर्डले अहिले उपमहानगर क्षेत्रमा दैनिक १ करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको छ । ईकान्तिपुर डटकम बाट साभार गरिएको ।


696 पटक हेरिएको 

