लोकसेवाले माग्यो एकैपटक ११२ सहसचिव र ३२१ उपसचिव

इन्जिनियरिङ सेवा तर्फ २१ सहसचिव र ४९ उपसचिव माग

  वास खवर सम्वाददाता  1359 पटक हेरिएको

काठमाडौ :  लोक सेवा आयोगले एकैपटक ११२ सहसचिव र ३२१ उपसचिव भर्ना गर्ने भएको छ । आयोगले सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी ४३३ जनाका लागि विज्ञापन खुलाएको हो। दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गते सम्म तोकेको छ ।

आयोगले इन्जिनियरिङ सेवा तर्फ सहसचिव पदमा २१ जना र उपसचिव पदमा ४९ जना माग गरेको लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि सेवातर्फ २ सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिवको लागि भर्ना खुलाएको छ ।

यस्तै लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८ जनाका लागि लोक सेवा आयोगले भर्ना खुलाएको छ ।

आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा र संघीय संसद सेवातर्फ भने सहसचिवमा विज्ञापन खुलेको छैन । उपसचिव पदमा भने क्रमशः आर्थिक योजना तथा तथ्यांक सेवा ३, विविध सेवा ६ र संघीय संसद सेवातर्फ ११ पदमा विज्ञापन खुलाइएको आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार