कौसी खेतीका लागि गुणस्तरयुक्त बीउको जोहो कसरी गर्ने ? (भिडियो)

  वास खबर सम्वाददाता  1103 पटक हेरिएको

भक्तपुर : ‘अनिकालमा बीउ जोगाउनु’ भन्ने त उखानै छ । अनिकालमा मात्र होइन, गुणस्तरीय विरुवा उत्पादनका लागि शुद्ध बीउ जत्तिबेला पनि जोगाउन आवश्यक छ । बीउको अभावमा विरुवाको उत्पादन कल्पना समेत गर्न नसकिने भएकाले गुणस्तरयुक्त बीउको जोहो अनिवार्य गर्नुपर्छ ।

खेतबारीमा लगाईने खाद्यान्नका लागि जस्तै कौसीमा लगाईने तरकारी तथा फलफूलका लागि बीउको व्यवस्थापन अति आवश्यक हुन्छ । बीउको उत्पादन मात्र होइन, बीउको शुद्धता परिक्षण गर्नुपर्ने हुन्छ । शुद्ध बीउ लगाएमा मात्र त्यसको उमार शक्ति धेरै हुन्छ र उत्पादन राम्रो दिनसक्छ ।

कौसी खेतीको बीउ उत्पादन, भण्डारण तथा गुणस्तर सुनिश्चित कसरी गर्ने त ? आउनुहोस् आज कौसीबारी अभियान नेपालकी अध्यक्ष पवित्रा भण्डारीको अनुभव हेरौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार