काठमाडौ : “मानव स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव र मिडियाको भूमिका” विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको तालिममा वातावरण पत्रकारितामा कलम चलाउने १८ जना पत्रकार सहभागी थिए ।
तालिममा वायुको गुणस्तरदेखि विषाक्तता र यसबारे मुद्दाको उठानसँगै समाचारको प्रभावकारिता बारे तालिम दिइएको तालिम संयोजक सोमनाथ लामिछानेले बताउनुभयो ।
ललितपुरको लगनखेलमा २ दिनसम्म चलेको तालिमको सहजीकरण वातावरणविद भुषण तुलाधर, राजेन्द्र श्रेष्ठ र राजेश घिमिरेले गर्नुभएको थियो ।