काठमाडौ : सरकारले प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । २०७९ चैत्र २८ गतेको मन्त्रीपरिषद बैठकले खानेपानी मन्त्रालयले पेश गरेको प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो ।
खानेपानी तथा सरसफाइ ऐन २०७९ को दफा ३७ ले फोहोरपानी मिसाउन नहुने व्यवस्था गरेको छ । सोही दफाको उपदफा १ मा भनिएको छ ‘कसैले तोकेको मापदण्ड विपरीत मानव मलमूत्र सहित वा रहितको फोहोरपानी ढल निकास प्रणालीमा विसर्जन गर्न वा मानव मलमूत्रलाई सिधै नदी, खोला, ताल, तलैया, जलाशय, मानव वस्ती वा सार्वजनिक जग्गामा मिसाउन वा पठाउन हुँदैन ।’
यस्तै उपदफा २ मा कसैले आफूबाट उत्सर्जन फोहोरपानी ढल निकास प्रणालीमा मिसाउनु पर्ने भएमा प्रशोधन गरी प्रचलित कानुन बमोजिम तोकेको मापदण्डको सीमा भित्र रही मिसाउनुपर्ने उल्लेख छ ।
मन्त्रीपरिषद बैठकले लोक सेवा आयोगको सिफारिस बमोजिम विभिन्न समूह तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव (प्रा.) पद २ मा नियुक्ति गरी पदस्थापन गर्ने निर्णय समेत गरेको छ ।
हेर्नुहोस् मन्त्रीपरिषद बैठकको अन्य निर्णय :