धनकुटा, उषा खड्का : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) र पर्डेप नेपालद्वारा धनकुटामा निर्माणाधीन आठ वटा खानेपानी आयोजनाको पहिलो भागको काम अन्तिम चरणमा पुगेको छ ।
धनकुटाको तीन गाउँपालिका र १ नगरपालिकामा निर्माणाधीन आठै वटा आयोजनामा अहिले पाइपलाइन खन्ने, इन्टेक निर्माण गर्ने लगायतको काम समाप्त भई रिजर्भ ट्यांकी निर्माणको काम भई रहेको छ ।
२०७३ माघ २५ गते विकास चरण समाप्त भै २०७४ जेठ महिनाबाट निर्माण चरणको काम शुरु भएकोमा विकास चरणमै ५.५ रकम संकलन, उपभोक्ता समिति गठन, वालुवा गिट्टी संकलन आदि कार्य सवैजसो आयोजनाहरुमा भई सकेको थियो ।
फण्डवोर्डको कार्य निर्देशन अनुसार कार्यान्वयन चरणमा दुइ भाग हुन्छ । जस अन्तर्गत पहिलो चरणको काम अन्तिम चरणमा पुगेको हो । पहिलो भागको काम सकिएपछि दोस्रो भाग अन्तर्गत उपभोक्ताको घरघरमा धारा जोड्ने काम हुने आठै वटा खानेपानी आयोजनाका टिम लिडर नरेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
आठैवटा आयोजनाको काम सन्पन्न भएपछि धनकुटाका ३ गाउँपालिका र १ नगरपालिकाका ९ सय ५० घरपरिवार लाभान्वित हुनेछन् ।
फण्डवोर्ड काठमाडौको आर्थिक सहयोगमा पर्डेप नेपालले धनकुटाका विभिन्न गाउँमा विगत १० वर्षदेखि खानेपानी आयोजनाहरु सञ्चालन गर्दै आएको छ । फण्डवोर्डले हाल सञ्चालन गरेको आयोजना दशौ समुह अन्तर्गत पर्दछ ।


735 पटक हेरिएको 

