काठमाडौमा जथाभावी फोहोर फाल्ने १२ जना पक्राउ

काठमाडौ : काठमाडौका विभिन्न ठाउँमा जथाभावी फोहोर फाल्ने १२ जनालाई पक्राउ गरिएको छ । नगर प्रहरीको गस्तीले काठमाडौंका विभिन्न ठाउँमा फोहोर फाल्दै गरेका बेला १२ जनालाई पक्राउ गरी कारवाही गरेको महानगरको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिनुभयो ।

कमलादीमा फोहोर फाल्दै गर्दा पक्राउ परेका रत्नबहादुर पोडेलाई २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको छ भने भृकुटीमण्डप र वागबजारबाट पक्राउ परेका ५ जनालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको थापाले जानकारी दिनुभयो ।

यस्तै विशालबजार नजिकैबाट फोहोर फाल्दै गर्दा पक्राउ परेका ४ जनालाई पनि जनसेवा विशालबजारमा राखिएको छ । फोहोर फाल्नेलाई पक्राउ गरी कारवाही गर्ने अभियान नै सञ्चालन गरिने कार्य सञ्चालन शाखा प्रमुख थापाले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार