काठमाडौ : काठमाडौ महानगरपालिकाले फोहोर संकलन गर्ने रिक्सालाई पनि नियन्त्रणमा लिई १५ सय रुपैयाँ जरिवाना तिराएर छाडेको छ । महानगरपालिकाको कार्य सञ्चालन शाखाले सार्वजनिक स्थानमा पार्किङ गरी राखिएका चागल सरसफाइको दुईवटा रिक्सालाई नियन्त्रणमा लिएर जरिवाना गरेको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिनुभयो ।
फोहोर संकलन गरिसकेपछि रिक्सा सार्वजनिक स्थानमा नराख्न पटक पटक आग्रह गरे पनि नटेरेपछि रिक्सा नियन्त्रणमा लिएर आगामी दिनमा यस्तो काम नगर्ने शर्तमा छाडिएको उहाँले जानकारी दिनुभयो ।
महानगरले कान्तिपुर सरसफाइ अभियानका २ वटा रिक्सालाई पनि नियन्त्रणमा लिएको छ । सम्बन्धित संस्थाका प्रतिनिधि सम्पर्कमा नआएपछि रिक्सालाई वातावरण व्यवस्थापन विभागमा राखिएको छ । सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि जरिवाना तिराएर फेरि सडकमा पार्किङ नगर्ने शर्तमा छाडिने शाखा प्रमुख थापाले जानकारी दिनुभयो ।