
सुर्खेत : मानव विकास सूचकांकमा पछाडि रहेको कर्णाली प्रदेश, खानेपानी, सरसफाइ र स्वच्छताको दृष्टिकोणले अन्य प्रदेशको तुलनामा खासै कम रहेको देखिदैन । खानेपानी, सरसफाइ र स्वच्छता संयुक्त क्षेत्रगत समीक्षाले तुलनात्मक रुपमा कर्णाली प्रदेश खानेपानी र सरसफाइको स्थितिमा अन्य प्रदेशकै दाँजोमा रहेको देखिएको हो ।
संयुक्त क्षेत्रगत समीक्षा अन्तर्गत विभिन्न सात वटा विषयगत समूहमा विभाजन भई सम्बन्धित बिषयका बिषयविज्ञ, गाउँपालिका अध्यक्ष, नगरपालिकाका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत कर्मचारी लगायतले छलफल तथा विश्लेषण गरिएको थियो ।
१. जलवायु परिवर्तन अनुकुलन र विपद जोखिम न्यूनीकरण

कर्णाली प्रदेशमा जलवायु परिवर्तन अनुकुलन र विपद जोखिम न्यूनीकरण सम्बन्धी पनि केही न केही काम भएका छन् । जो निम्न छन् ।
— खानेपानी सरसफाइ तथा स्वच्छता विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ निर्माण
— पूर्वाधार निर्माण गर्दा जोखिम विश्लेषण गर्ने गरिएको ।
— ऐन कानुनमा पनि आंशिक रुपमा भए पनि जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरण सम्बन्धी आंशिक रुपमा समावेश गरिएको ।
— केही गाउँपालिकाले विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तयार तथा अद्यावधिक गरिएको ।
— जलवायु परिवर्तन उत्थानशीलता कार्ययोजना केही पालिकाहरुमा तयार भएको
२. सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवा र स्वच्छता

— सरसफाइलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु निर्माण गरी सञ्चालन गर्ने प्रयास भईरहेको ।
— पूर्ण सरसफाइको बारेमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुने गरिएको ।
— कतिपय नगरपालिकामा दिसाजन्य लेदोलाई सुरक्षित तवरले व्यवस्थापन गर्न नीति नियम बनाउने क्रममा रहेको ।
— कर्णाली जल परियोजना लगायत खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले पनि दिसाजन्य लेदो प्रशोधनका कार्यक्रमहरुलाई बढी महत्व दिई कार्यक्रम तर्जुमा गर्ने गरिएको ।
३. सुरक्षित रूपमा व्यवस्थित खानेपानी सेवा

— खानेपानीका योजना निर्माण र मर्मत कार्य गर्दा खानेपानी सुरक्षा योजना लागु गरिएको जसले गर्दा प्रदेशमा खानेपानी सेवाबाट वञ्चित जनसंख्यालाई खानेपानी सेवामा जोडिएको
— खानेपानी गुणस्तर एकीन गरी सुरक्षित खानेपानी सेवामा पहुँच पुर्याउने उद्देश्यले यस प्रदेश मन्त्रालय अन्तर्गतका सम्पूर्ण जिल्ला कार्यालयलाई खानेपानी परिक्षण किट व्यवस्था गरी प्राविधिकको क्षमता विकास गरेको
— एक पालिका एक खानपानी परिक्षण ल्याब र खानपानी टेक्निसियनको अवधारणा ल्याईएको
— खानेपानी गुणस्तर सम्बन्धी समिति निर्माण
— कतिपय खानेपानी तथा सरसफाइ उपभोक्ता समितहरु आफैले पनि खानेपानी परिक्षण गर्न ल्याब स्थापना गरिएको ।
— निजी क्षेत्रले पनि व्यवसायिक तरिकाले ल्याब सञ्चालनमा ल्याईएको ।
४. सुशासन, संस्थागत व्यवस्था र क्षमता विकास

— मन्त्रालयले प्रदेशस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समिति (P-WASH-CC) को सदस्य सचिवको भूमिकामा रहि नियमित बैठकहरु संचालन गर्ने गरेको
— कतिपय गाउँपालिका नगरपालिकाले बर्षौ पहिले नै जल उपयोग गुरुयोजना निर्माण गरी सोही अनुरुप योजनाहरु कार्यान्वयन गर्दै आएको ।
— वास योजना निर्माणका लागि सुर्खेत, जाजरकोट, रुकुम -पश्चिम, सल्यान, डोल्पा, कालिकोट, जुम्ला र मुगु जिल्लाका सम्पुर्ण स्थानीय तहका प्राविधिक शाखा, योजना शाखा र आईटी शाखाका तीन जना कर्मचारीहरुलाई क्षमता विकास गरिएको
— वास योजना निर्माणका लागि विभिन्न विकास साझेदारहरुसँग छलफल गरी वास योजना निर्माण कार्य विभाजन गरी अगि बढाइएको
— वास योजना निर्माण हुन बाँकी २२ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुलाई वास योजना निर्माण विषयमा दुई दिने कार्यशाला संचालन गरिएको
— खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन जारी गर्न तयारी अवस्थामा रहेको
५. योजना तर्जुमा अनुगमन र मूल्याङ्कन

— ७९ स्थानीय तह मध्ये २४ वटा स्थानीय तहको मात्र वास योजना निर्माण कार्य सम्पन्न भएको ।
— वास योजना निर्माणको कार्यलाई प्राथामिकतामा राखी क चालु आर्थिक बर्ष भित्रै प्रदेश भरिका सम्पूर्ण पालिकाको वास योजना निर्माण गर्ने लक्ष्य लिएको
— जलस्रोत तथा उर्जा विकास मन्त्रालय WASH Cluster कर्णाली प्रदेशको लिडका रुपमा कार्य गर्दै आएको छ। यस अन्तर्गत प्रदेशका कार्यरत सम्पूर्ण विकास साझेदारहरुलाई एकद्वार प्रणालीमा ल्याउने प्रयास गरिएको छ।
— प्रदेशका विभिन्नछ पालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता (WASH) का गतिविधि ९वास योजना, खानेपानी गुणस्तर, खानेपानी सुरक्षा योजना, खानेपानी सरसफाइ शाखा स्थापना, WASH ऐन तथा कार्यविधि निर्माण लगायतका सवालहरुमा छलफल र सुधार गर्ने उद्देश्यले बेलब बखत सचिवको संयोजकत्वमा अनुगमन गर्ने गरिएको ।
६. खानेपानी र सरसफाइ क्षेत्रगत लगानी

—सरकारको तर्फबाट खानेपानी र सरसफाइको क्षेत्रमा लगानी नबढाए पनि विकास साझेदार तथा दातृ निकायको तर्फबाट खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रमशः लगानी अभिवृद्धि हुँदै गएको ।
— खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने सुस्वा, कर्णाली जल परियोजना, हेल्भेटास, एस.एन.भी. लगायत ठूला ठूला संस्थाहरुले लगानी अभिबृद्धि गर्न थालेको ।
— खानेपानी र सरसफाइ क्षेत्रमा नीजि क्षेत्रको समेत संलग्नता बढ्न थालेको ।
७. लैङ्गिक समनता र सामाजिक समावेशीकरण

— खानेपानी, सरसफाइ र स्वछता क्षेत्रमा लैङ्गिक समनता र सामाजिक समावेशीकरणको सवाललाई प्राथमिकता दिन थालेको ।
— खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुमा यौनिक, अल्पसंख्यक, दलित समुदाय, विपन्न वर्ग, अपाङ्गता समुदायका व्यक्तिको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने गरिएको ।
— कतिपय गाउँपालिका तथा नगरपालिकाले जेसी फोकल पर्सन तोकेर लैङ्गिक समनता र सामाजिक समावेशीकरणको बारेमा सचेतना अभिवृद्धिका कार्यक्रम समेत गर्ने गरिएको ।



1590 पटक हेरिएको 

