शुभाघाट शहरी खानेपानी आयोजना उपभोक्ता संस्थालाई हस्तान्तरण

करिब ३ हजार घरपरिवारमा सुरक्षित खानेपानीको पहुँच

  वास खबर सम्वाददाता  783 पटक हेरिएको

सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका ८ मेहेलकुनास्थित शुभाघाट शहरी खानेपानी तथा सरसफाइ आयोजनाको हस्तान्तरण एवं उपभोक्ता संस्थाको उदघाट्न गरिएको छ ।

खानेपानी मन्त्रालयका सचिव राम आधार शाह, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमल राज श्रेष्ठ, शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाका आयोजना निर्देशक रत्न प्रसाद लामिछाने, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजन सुर्खेतका आयोजना प्रमुख देवेन्द्र कुमार झा, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, उप प्रमुख मैना वि.क. लगायतको समुपस्थितिमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पुर्ण बहादुर खड्काले बिहीबार खानेपानी आयोजनाको हस्तान्तरण र कार्यालय उदघाटन गर्नुभएको हो ।

शुभाघाट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पहिलो चरण अन्तर्गतको निर्माण कार्य तथा दोश्रो चरण अन्तर्गतको सञ्चालन तथा मर्मत कार्य सम्पन्न भएपछि उपभोक्ता संस्थालाई हस्तान्तरण गरिएको हो । निर्माण कम्पनीले गएको साउन ६ गते गते ती दुवै काम सम्पन्न गरेको थियो ।

एशियाली विकास बैक अनुदान सहयोगमा नेपाल सरकारको ७० प्रतिशत अर्थात ४३ करोड ७४ लाख २४ हजार ९ सय रुपैयाँ अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण लगानी अर्थात १५ करोड ६२ लाख २३ हजार रुपैयाँ र लाभान्वित समुदायबाट ५ प्रतिशत अर्थात तीन करोड १२ लाख ४४ हजार रुपैयाँ गरी कुल ६२ करोड ४८ लाख ९२ हजार ७ सय १५ रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको हो ।

२०७६ असार ३० गते खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभाग आयोजना व्यवस्थापन कार्यालय पानीपोखरी काठमाडांै र निर्माण कम्पनी आशिष सिएबि प्रेरा जेभी बीच ठेक्का सम्झौता भएको थियो । ६२ करोड ४८ लाख ९२ हजार ७१५ रुपैँयामा ठेक्का पारेको निर्माण कम्पनीले २०७९ श्रावण ६ गते निर्माण सम्पन्न गरी वडा नं. ६, ७, ८ र ९ का गरी करिव ३ हजार घरधुरीमा सुरक्षित पानी उपलब्ध गराउन थालेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार