इलाममा जनप्रतिनिधीले थाले प्लाष्टिकमुक्त अभियान

इलाम : इलामको सूर्याेदय नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियान शुरू भएको छ । फिक्कल बजार, कन्याम लगायत पर्यटकीय क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् ।

अभियानको पहिलो दिन शुक्रबार जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयबासिन्दाले जथाभावी छरिएको फोहोर बटुलेर डस्टबिन तथा बोरामा संकलन गरेका छ थिए ।

विदेशीले त ढलभित्र थुप्रिएको फोहोर समेत संकलन गरेका थिए । बन्द भएका ढल तथा नाला र जथाभावी फ्याँकिएको फोहोरले सूर्योदय बजार दुर्गन्धित हुँदै गएको छ ।

सूर्याेदयलाई स्वच्छ र सफा शहरका रूपमा विकास गर्न प्लाष्टिकमुक्त अभियान शुरू गरिएको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो ।

ढल तथा नालीमा जम्मा भएको फोहोरलाई स्काभेटरको सहायताले संकलन गरी ल्याण्डफिल्ड साइटमा लगेर व्यवस्थापन गरिने प्रमुख राईले बताउनुभयो । इलामको प्रमुख पर्यटकीय स्थलहरु कन्याम, अन्तु, फिक्कल बजार लगायत सूर्योदय नगरपालिका भित्र पर्दछन् । प्लाष्टिक प्रयोग गर्न नपाउपने भएपछि यी पर्यटकीय स्थलको सुन्दरता अझ बढ्ने बजारबासी बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार