खानेपानी बोक्ने टैंकर चुनावका दिन पनि चलाउन पाइने

काठमाडौ : सरकारले खानेपानी बोक्ने टैंकरलाई चुनावका दिन पनि निर्वाध रुपमा खानेपानी ओसारपसार गर्न दिइने भएको छ ।

गृह मन्त्रालयले सूचना प्रकाशित गरी सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका सवारी साधन दमकल, एम्बुलेन्स, दुरसञ्चार सेवा, शवबाहन, अस्पताल सेवा तथा विद्युत सेवा सँगै दुध ढुवानी गर्ने सवारी साधन र खानेपानीको टैंकर पनि सञ्चालन गर्न दिने भएको हो ।

उल्लेखित सवारी साधन बाहेकका सवारी साधन भने आज राती १२ बजेदेखि भोलि (विहीबार) बेलुकी सात बजेसम्म सञ्चालन गर्न निषेध गरिएको गृह मन्त्रालयले जनाएको छ ।

आज राती १२ बजेदेखि सार्वजनिक सवारी साधन नचल्ने भएकाले राती १२ बजे अघि नै गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार