फोहोरमैला व्यवस्थापनका लागि टोल फ्रि नम्बर

 700 पटक हेरिएको

बाजुरा : अबको केही दिन पछि बाजुरको बडिमालिका नगरपालिकाका मेयर तथा उपमेयरसँग टोल फ्रि नम्बर हुनेछ । जसको घर आँगनमा फोहोर थुप्रिएको देखिन्छ, देख्ने व्यक्तिले टोल फ्रि नम्बरमा फोन गर्न सक्नेछन्, त्यसपछि नगरपालिकाले प्रहरीको सहयोगमा कानुनी कारवाही अगाडि बढाउनेछ । 

फोहोर व्यवस्थापन गर्ने दायित्व बाजुराको सदरमुकाम मार्तडीको फोहोर व्यवस्थापन गर्न नगरपालिकाले यस्तो जुक्ति निकालेको हो ।

यसका साथै नगरपालिकाले हप्ताको तीन पटक ट्रिपर सेवा सन्चालन गर्ने भएको छ । बडिमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले मार्तडी सरसफाइका लागि मंगलबार विहीबार र शनिबार ट्रिपर सेवा सञ्चालन गर्ने र खानेपानीको व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योेजना ल्याउने बताउनुभयो ।

नगरपालिकाको बजार क्षेत्रमा फोहोर बढेपछि नगरपालिकाले प्रत्येक हप्ता बजार सरसफाइ पनि गर्न थालेको छ । मार्तडीको फोहोरजन्य पदार्थमा होटेलबाट निस्किने फोहोर, रक्सीका बोतल, कागजका टुक्रा, थोत्रा कपडा लगायत फोहोर बढी भेटिएका छन् ।

बजार क्षेत्रका सरकारी तथा गैरसरकारी कार्यालय हाता समेत फोहोर देखिएपछि आफ्नो कार्यालयको परिधि भित्र सम्बन्धित कार्यालयले नै सरसफाइ गर्ने प्रतिबद्धता जनाएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार