फोहोर व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धी सम्मेलन सम्पन्न

  वास खबर सम्वाददाता  405 पटक हेरिएको

काठमाडौ : विश्व वातावरण दिवसको अवसरमा आयोजित वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न भएको छ । वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमले संयुक्त रुपमा आयोजना गरेको थियो।

सम्मेलनमा फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्वपूर्ण मुद्दाहरूको समाधानको लागि सरकारी कर्मचारीहरू, उद्योग व्यवसायीहरु, वातावरणविद् र नागरिक अगुवाहरूलाई प्रतिबद्धता जनाएका छन्। सम्मेलनको समापनमा वातावरण तथा वनमन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयले जलवायु चुनौतीका लागि चालेका आवश्यक पहलका बारेमा जानकारी दिएका गराउनुभयो।

कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा भएको बताउनुभयो। सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको उहाँले बताउनुभयो।

सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीहरु बीच संवाद गरिएको थियो ।

वुमन फर ह्युमन राइट्सकि प्रेसिडेन्ट कविता पाण्डेले सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायहरूलाई थप उर्जा प्रदान गरेको बताउनुभयो । सम्मेलनले वातावरण संरक्षणमा महिलाहरूको सहभागितालाई पनि सशक्त बनाएको उहाँको भनाइ थियो।

प्रतिनिधि सभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाको मन्तव्यले वातावरणीय चुनौतीहरूको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिनुभयो। उहाँहरूको मन्तव्यले दिगो समाधानहरू बढाउन संयुक्त शक्तिको आवश्यकतालाई जोड दिईएको थियो ।

सम्मेलनमा ५ देशका ६ सय संस्थाका करिब एक हजार प्रतिनिधिहरू सहभागी थिए । उनीहरुले नेपालमा फोहोर व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धी कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार