काठमाडौ : भूकम्पले क्षति पु-याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न भएको छ ।
गोरखा भूकम्पबाट क्षतिग्रस्त तीन हजार २१२ वटा खानेपानी तथा सरसफाइ आयोजना मध्ये ९०४ वटा आयोजना सम्पन्न भएको र ९६५ आयोजनाको पुनःनिर्माण भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
चालु आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका लागि रु एक अर्ब १० करोड बजेट छुट्याइएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो । प्राधिकरणका अनुसार एक हजार ८६९ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
भूकम्पबाट क्षतिग्रस्त खानेपानी तथा सरसफाइ आयोजना मध्ये ५८ प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएको प्रवक्ता भुसालले बताउनुभयो ।
आयोजना पुनःनिर्मााणका लागि सरकारको आह्वानमा विकास साझेदार संस्थाले सहयोग गरेकाले छिटो पुनःनिर्माण सम्पन्न हुन सकेको प्राधिकरणले जनाएको छ ।


862 पटक हेरिएको 

