दमकमा जैविक फोहोरबाट वायोग्यास निकाल्ने अन्तिम तयारी

झापा : झापाको दमक नगरपालिकाले दैनिक उत्पादन हुने फोहोरबाट वैकल्पिक उर्जा उत्पादन गर्ने तयारी गरेको छ । नगरपालिकाले फोहोरबाट उर्जा निकाल्ने विषयमा पहिलो चरणमा वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँग छलफल चलाएको छ ।

नगरपालिकाले सबै वडाका जनप्रतिनिधीहरुलाई समेत सहभागी गराएर वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रसँग छलफल चलाएको हो । अहिले दमकमा दैनिक २० टन फोहोर उत्पादन हुँदै आएको र १५ टन फोहोर संकलन भइरहेको नगरपालिकाले जनाएको छ ।

दमक नगरपलिकाको अब चाँडै नै बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा फोहोरलाई उचित व्यवस्थापन गरिने नगरपालिकाकी उपमयेयर गीता अधिकारीले बताउनुभयो ।

 

 

‘हामी फोहोरलाई स्रोतमै घटाउने तरिका, डम्पिङ साइटमा कम भन्दा कम फोहोर व्यवस्थापन गर्ने उपायको खोजीको छौं, यसका लागि जैविक फोहोरबाट विजुली निकाल्ने, मल बनाउने, बायो ग्यास निकाल्ने जस्ता प्रविधिको विषयमा पनि कुराकानी भइरहेको छ, हामी निकट भविश्यमै यो बाटोमा जाँदैछौं’ उपमेयर अधिकारीले भन्नुभयो ।

बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका बरिष्ठ अधिकृत सशिममान अमात्यले अब केन्द्रले दमकमा पनि बायो ग्यास, जैविक मल उत्पादन गर्ने कामको शुरुवात गर्ने बताउनुभयो ।

केन्द्रले सन २०१४ देखि देशका १० वटा नगरपालिकासँग फोहोरबाट वैकल्पिक उर्जा निकाल्ने काममा सहकार्य गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार