इटहरीमा सडक सफा गर्ने र बिरुवालाई पानी हाल्ने मेसिन

  वास खबर सम्बाददाता  99 पटक हेरिएको

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाले धुलाम्मे सडक पखाल्न र बिरुवामा पानी हाल्नका लागि ‘रोड वासर कम स्प्रिङकलर’ ल्याएको छ । ६५ लाख रुपैयाँ लगानी गरेर विरुवामा पानी हाल्ने र सडक पखाल्ने प्रयोजनका लागि मेसिन ल्याएको उपमहानगरपालिकाले जनाएको छ ।

सडक सफा गर्नेसँगै बिरुवामा पानी हाल्न र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्नका लागि मेसिनको प्रयोग गरिने इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो। ‘सहरलाई सफा बनाउँदै हरियाली प्रवर्द्धन गर्न मेसिन ल्याएका हौं’ उहाँले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार