शौचालयको प्रयोगबारे खानेपानीका पदाधिकारीलाई अभिमुखीकरण

  वास खबर सम्बाददाता  539 पटक हेरिएको


दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा नं. ११ मा सञ्चालित पैयाखोला तोराय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुलाई शौचालयको प्रयोगबारे अभिमुखीकरण गरिएको छ। विश्व शौचालय दिवसको अवसरमा हेल्भेटास नेपालको सहयोगमा सोसेक नेपाल एकीकृत जलस्रोत व्यबस्थापन कार्यक्रमको सहजिकरणमा अभिमुखीकरण गरिएको सोसेक नेपालका समुदाय परिचालक निर्मला नेपालीले जानकारी दिनुभयो।

अभिमुखीकरण कार्यक्रममा शौचालयको प्रयोग किन गरिन्छ ? शौचालय किन आबश्यक छ ? शौचालय कस्तो हुनुपर्छ? शौचालयमा के कस्ता सामाग्रीहरु हुनुपर्छ ? भन्ने बिषयमा अन्तरक्रिया गरिएको समुदाय परिचालक नेपालीले बताउनुभयो। समुदायमा रहेका अव्यवस्थित शौचालय ब्यबस्थित गर्ने, शौचालय सबैले प्रयोग गर्ने, शौचालयमा चाहिने हार्पिक, ब्रस चप्पल, पानीको नियमित प्रयोग गर्न प्रेरित गरिएको उहाँले बताउनुभयो।

अभिमुखीकरण कार्यक्रममा पैयाखोला तोराय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता गरी ३५ जनाको सहभागिता थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार