दिगो खानेपानी योजनाका लागि ध्यान दिनुपर्ने इन्जिनियरिङ पक्षहरु

  वास खबर सम्बाददाता  449 पटक हेरिएको

काठमाडौं : ‘खानेपानी योजनाहरु बन्छन् । कतिपय कागजमा बन्छन्, कतिपय भौतिक रुपमा पनि ठडिन्छन्। तर खानेपानी योजनाहरुले दुरदराजमा बस्ने मानिसहरुको प्यास मेटाउन भने सकेनन्’ खानेपानी योजना निर्माण गर्ने संस्थाहरु माथि उठेको मूलभूत प्रश्न नै यही हो।

खानेपानी योजनाहरु दिगो रुपमा सञ्चालन हुन नसक्दा ‘हिड्दैछ पाइला मेट्दैछ’ भन्ने उखान खानेपानी योजनामा पनि चरितार्थ भएको छ अर्थात खानेपानी योजना निर्माण भैरहे पनि खानेपानीको समस्या भने दिन प्रतिदिन थपिँदो छ।

खानेपानी विभागको पछिल्लो तथ्याङ्कले समेत यही कुराको पुष्टि गरेको छ। विभागका अनुसार खानेपानी संरचनाको पहुँच भएका ८८.६ प्रतिशत मध्ये १.९ प्रतिशत खानेपानी योजनाहरु बन्द भएका छन् भने ९.९ प्रतिशत खानेपानी संरचना आंशिक रुपमा मात्र सञ्चालन भैरहेका छन्। यस्तै ७६.८ प्रतिशत खानेपानी संरचनाले मात्र राम्रो सँग काम गरिरहेको छ ।

खानेपानी योजनाहरु किन दिगो हुन सकेनन् त ? यसका कारणहरु खोज्दै जाँदा धेरै कारणहरु भेटिएलान् । ती धेरै कारणहरु मध्ये प्राविधिक पक्ष एक प्रमुख कारण हो । जसलाई योजना तर्जुमा चरण देखि नै ख्याल गर्नुपर्ने हुन्छ।

ई.दान बहादुर जिरेल खानेपानी योजनालाई दिगो बनाउनु छ भने डिजाइन देखि नै ख्याल गर्नुपर्ने बताउनुहुन्छ । जिरेल, गोर्खा वेल्फेयर ट्रष्ट नेपालद्वारा सञ्चालित उत्थानशील खानेपानी, सरसफाइ तथा विपद पूर्व तयारी कार्यक्रमको इन्जिनियरिङ विभाग प्रमुख हुनुहुन्छ।

इन्जिनियरिङ विभाग प्रमुख जिरेलले खानेपानी दिगो बनाउनका लागि गोर्खा वेल्फेयरले अबलम्बन गर्दै आएको विभिन्न प्राविधिक पक्षहरुलाई बुझाउँदै हुनुहुन्छ ।

हेर्नुहोस् यो भिडियोः


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार