खानेपानी उपभोक्ता संस्थाद्वारा क्लवलाई डस्टबिन वितरण

  वास खबर सम्बाददाता  378 पटक हेरिएको
🔗
50
Shares

कास्की : कास्कीको लेखनाथ खानेपानी उपभोक्ता संस्थाले पोखरा महागरपालिकाको वडा नं. २७ स्थित राईजिङ्ग स्टार क्लबलाई १० थान डस्टबिन वितरण गरेको छ । संस्थाले पानी शुद्विकरणमा प्रयोग गर्ने ब्लेचिङ्ग पाउडरको ड्रमलाई उपयोग गरी फलामको स्टेण्ड बनाई डस्टबिन बनाएर वितरण गरेको हो।

सो अबसरमा संस्थाका अध्यक्ष मुरारी शर्माले घरधुरीहरुबाट निस्किने नकुहिने फोहरलाइ डस्टबिनमा व्यवस्थित तरिकाले राखेमा बाटोघाटो सफा हुने र उपभोक्ताहरु पनि सरसफाईमा सचेतना बिस्तार हुने कुरा बताउनु भयो ।

सो कार्यक्रममा संस्थाका सचिव नारायणी भट्टराईले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत डस्टवीन वितरण कार्यक्रम गरेको र अरु क्षेत्रहरुमा पनि वितरण गरिने जानकारी गराउनुभयो । संस्थाका कार्यालय प्रमुख शिव अमात्यले उपभोक्ताहरुको लगानी उपभोक्ताहरुकै हकहितमा रहेको र सामानको उचित तरिकाले प्रयोगमा ल्याएको कुरा बताउनु भयो ।

राईजिङ्ग स्टार क्लबका अध्यक्ष याम गुरुङ्गले लेखनाथ खानेपानी संस्थाबाट प्राप्त डस्टवीनहरुलाई सही तरिकाले टोलको विभिन्न स्थानहरुमा राखी टोललाई सफा बनाउने अभियान चलाउने र टोलबासीहरुलाई आफ्नो ठाउँ सफा र स्वच्छ बनाउनु पर्छ भन्ने कुरामा सचेतना बृद्वि गर्ने बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार