सरसफाइका लागि सल्यानमा ‘सुईरो अभियान’

सल्यान ।

सल्यानको बजार क्षेत्रमा जथाभावी फोहोर फ्याँक्ने क्रम बढेपछि सरसफाइका लागि ‘सुईरो अभियान’ शुरु गरिएको छ । फोहोरका कारण बजार अव्यवस्थित तथा दुर्गन्धित भएपछि हातहातमा सुईरो लिएर बजार सरसफाइ गर्न थालेको हो ।

सफा, स्वच्छ र सुन्दर सल्यान बनाउनका लागि ‘सुईरो अभियान’ थालिएको होटल व्यवसायी संघ सल्यानका विकास डिसिले बताउनुभयो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारबाट थालिएको ‘सुईरो अभियान’ मा नेपाली सेना, नेपाल प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरु, बजारबासी, विद्यार्थी लगायत सहभागी भएका छन् ।

अभियानबाट संकलन गरिएको फोहोरलाई शारदा नगरपालिकाको गाडी मार्फत फोहोर विसर्जन स्थलमा लगेर व्यवस्थापन गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार