वीरगञ्जमा हातेकल सुकेपछि खानेपानी संस्थानमा थेगिनसक्नु चाप

  वास खबर सम्बाददाता  327 पटक हेरिएको
🔗
22
Shares


वीरगञ्ज : वीरगञ्जमा हातेकलहरु सुकेपछि खानेपानी संस्थानको वीरगञ्ज शाखामा उपभोक्ताको चाप बढेको छ । खानेपानी संस्थानमा दैनिक सयको हाराहारीमा नयाँ धारा जडानको निवेदन लिएर आउने गरेको संस्थानका कार्यालय प्रमुख ई.प्रवीण शाहले जानकारी दिनुभयो।

उहाँका अनुसार नयाँ धारा जडानका लागि निवेदन लिएर आउने उपभोक्ताको संख्या असार लागेपछि दैनिक रुपमा बढिरहेका छन् । सुरुमा दिनको ३०/४० वटा मात्र आए पनि अहिले बढेर दैनिक सयको हाराहारीमा आउन थालेका छन् ।

उपभोक्ताको समस्या समाधानका लागि संस्थानले मौजुदा कर्मचारी र यसअघि अवकाश प्राप्त कर्मचारीको समेत सहायता लिएर धारा जडानको काम गरिरहेको कार्यालय प्रमुख शाहले बताउनुभयो। ‘हाम्रो जनशक्तिबाट दैनिक २५ देखि ३० वटा भन्दा बढी धारा जडान गर्न सकिरहेका छैनौं, तर दिनरात नभनी उपभोक्ताको समस्या समाधानका लागि हामी तरतरह तल्लीन छौं’ उहाँले भन्नुभयो।


कार्यालय प्रमुख शाहका अनुसार वीरगञ्जमा पछिल्ला तीन बर्ष यता हिउँदमा भन्दा पनि बर्षाको समयमा पानीको समस्या भैरहेको छ । बर्षा नहुँदा जमिन मुनिको पानीको स्रोत घट्दै गएकाले कम गहिराइका चापाकलहरु सुक्दै गएका छन् । चापाकलमा निर्भर जनसंख्याले बर्षेनी खानेपानीको समस्या भोग्दै आएको र संस्थानमा अत्यधिक चाप परेको उहाँले बताउनुभयो।

खानेपानीमन्त्री प्रदीप यादवले समेत खानेपानीको समस्याग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको छ । मंगलबार मात्र मन्त्री यादवले आफू खानेपानीको समस्याग्रस्त क्षेत्रमै रहेको र हालसम्म २३७ वटा डिपबोरिङ गर्ने काम सम्पन्न गरी तत्कालको लागि खानेपानी समस्याको समाधान गरिएको जानकारी गराउनुभएको थियो ।

उहाँले दीर्घकालीन समाधानका लागि एसियाली विकास बैंकको सहकार्यमा ४ अर्ब ५० करोड रुपैयाँको लागतमा वीरगञ्ज बृहत् खानेपानी आयोजना अगाडि बढिरहेको छर यसबाट मात्र स्थायी समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ।

मन्त्री यादवले विपद्को यस घडीमा सबै नागरिकलाई धैर्य रहन आग्रह गर्दै प्रदेश तथा स्थानीय सरकार, साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्यको आह्वान गर्नु भएको छ । “


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार