
गोरखा : गोरखाको बुढीगण्डकी लिफ्ट खानेपानी योजना फुजेलको अनुगमन गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय लम्जुङ र गण्डकी गाउँपालिकाले संयुक्त रुपमा अनुगमन गरेको हो।
अनुगमनमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठ, गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय लम्जुङका प्रमुख नरेश रेग्मी, इन्जिनियर सुरेश आचार्य, आशिष शर्मा, वडाध्यक्षहरु र उपभोक्ता समितिका पदाधिकारीहरु हुनुहुन्थ्यो।




406 पटक हेरिएको 

