भक्तपुर : अरनिको राजमार्गको बृहत सरसफाइ गरिएको छ । हजारौको संख्यामा विभिन्न संघ संस्थाबाट उपस्थित भएका सरसफाइ अभियन्ताले राजमार्गको सरसफाइ गरेको हो । अरनिको राजमार्गको राधेराधे, चुनदेवी र नङखेलको मिलन चोकबाट थालनी भएको अभियान सूर्यविनायक चोकमा भेट भई कोण सभामा परिणत भएको थियो ।

अरनिको राजमार्ग, शाखा मार्गहरु, हनुमन्ते खोला लगाय अन्य खोला एवं टोल बस्ती सरसफाइ अभियानको रुपमा थालनी भएको कार्यक्रममा सूर्यविनायक नगरपालिकाको विभिन्न वडाका वडा प्रमुख लगायत वडा स्तरिय विभिन्न संघ संस्थाको समेत उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिति, भक्तपुरको उप प्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, उप प्रमुख जुना बस्नेत, यु.एन हेभिटेटका जिल्ला संयोजक पार्वती दंगाल, नेप्से म्याक सेवा प्रा.लि का प्रतिनिधीहरु तथा स्वयं सेवकहरु, युवा कृयाकलाप समाज (सोया) का प्रतिनिधीहरु तथा स्वयं सेवकहरु, नेपाली सेना, नेपाल प्रहरी, वाग्मती सरसफाइ अभियानका अभियान्ता डा. राजु अधिकारी, चलचित्र निर्माता निर्देशक मदन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको वृहत सरसफाइ अभियानमा नेप्से म्याक सेवा प्रा. लि., ग्लोबल सेनिटेशन फण्ड÷यु. एन. हेभिटेट, युवा कृयाकलाप समाज (सोया) को सहयोग रहेको सरसफाइ अभियानमा विभिन्न संघ संस्थाले समेत एक्यबद्धता जनाएका छन् ।
फोटोहरु :यु.एन हेभिटेटका जिल्ला संयोजक पार्वती दंगाल


912 पटक हेरिएको 

