खानेपानीमन्त्री यादवद्वारा बारा जिल्लामा डिप बोरिङको स्थलगत अनुगमन

  वास खबर सम्बाददाता  357 पटक हेरिएको
🔗
35
Shares

बारा : खानेपानी मन्त्री प्रदीप यादवले आइतबार बारा जिल्लाका परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडामा जडान गरिएका डिप बोरिङ योजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।

उहाँका अनुसार जलवायु परिवर्तनका कारण तराई–मधेससहितका जिल्लामा खानेपानीको गम्भीर समस्या उत्पन्न भएको छ। उक्त समस्याको तत्काल समाधान गरी स्थानीय जनतालाई पिउने पानी उपलब्ध गराउने उद्देश्य अनुरूप खानेपानी मन्त्रालय मातहतका निकाय मार्फत डिप बोरिङ स्थापना कार्य अघि बढाइएको हो।

मन्त्री यादवले अनुगमनका क्रममा हाल जडान भइसकेका तथा जडान हुने तयारीमा रहेका डिप बोरिङका पानीले खानेपानी अभावमा पीडित नागरिकलाई सहज रूपमा पिउने पानी उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

“तराई–मधेसका जिल्लामा देखिएको खानेपानीको समस्या तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्न नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी आम नागरिकलाई गराउन चाहन्छु,” मन्त्री यादवले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार