खानेपानी निर्माणमा खटिएका मजदुरले पाएनन् पारिश्रमिक

  वास खबर सम्बादाता  274 पटक हेरिएको
🔗
43
Shares

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा खानेपानी पुर्‍याइएको छ तर खानेपानी पुर्‍याइए पनि काम गरेका मजदुर र निर्माण सामग्री खरिद बापतको करिब २५ लाख रुपियाँ तिर्न अझै बाँकी छ ।

शिखरधुरा ताल क्षेत्रबाट १४ किलोमिटर लामो पाइपलाइन बिछ्याएर वडा नम्बर २ गणेशपुर, बडाल क्षेत्रमा खानेपानी पुर्‍याइएको हो । गन्यापधुरा गाउँपालिका नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँपालिका हो । उहाँको पालिकामा गत वर्ष खानेपानीको योजना पूरा भएको हो ।

२०७६ मा ग्रामीण जलस्रोत व्यवस्थापन (आरभिडब्लुआरएमपी) नामक गैरसरकारी संस्थाको ५२ लाख रकममा खानेपानी योजनाको काम सुरुवात गरिएको फरपाडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मालीले जानकारी दिनुभयो । बडालबाट पानीको मुहानसम्म एक कट्टा सिमेन्ट पुर्‍याउँदा एक हजार छ सय ज्याला मात्रै लाग्यो । मजदुर नपाइने समस्या भयो । मुहान क्षेत्रमा एक कट्टा सिमेन्ट पुर्‍याउँदा दुई हजार छ सय मूल्य पर्‍यो । अनि कसरी काम सम्पन्न गर्ने ?

उहाँले आयोजना खर्चिलो भयो । श्रमिक महँगो पाउनुका साथै खानेपानी पाइप पनि महँगो भएको बताउनुभयो । मजदुरलाई १० लाख र निर्माण सामग्रीको १५ लाख गरेर करिब २५ लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ । बाँकी रहेको रकम भुक्तानीका लागि गाउँपालिकासँग माग गरिएको खबर गोरखापत्रले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार