हैजा फैलिएपछि शुद्धीकरण गरेर पानी बाँड्दै वीरगन्ज महानगर

  वास खबर सम्बाददाता  256 पटक हेरिएको
🔗
19
Shares

पर्सा : झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धीकरणलाई प्राथमिकता  दिएको छ ।

महानगरले विभिन्न स्थानमा राखिएका ट्यांकीहरूमा ट्यांकरमार्फत पुर्‍याइने पानीलाई क्लोरिन झोल र ब्लिचिङ पाउडर प्रयोग गरेर निर्मलीकरण गरी मात्र वितरण गर्दै आएको जनाएको छ।

महानगर कार्यालयका वातावरण निरीक्षक प्रकाश ऐरका अनुसार फोहोर वा दूषित पानीकै कारण हैजा, टाइफाइडसहित अन्य पाचनसम्बन्धी रोग फैलिने सम्भावना उच्च रहने भएकाले ट्यांकरमै क्लोरिन घोल्ने र ब्लिचिङ पाउडर प्रयोग गरी शुद्धीकरण गरेर मात्र पानी पठाइएको हो ।

उहाँले ब्लिचिङ पाउडर नै पानीलाई सुरक्षित बनाउने प्रभावकारी उपाय भएको बताउँदै यसले पानीमा भएको सुक्ष्म जीवाणु मुक्त गराएर हैजा र टाइफाइड जस्ता रोगका जीवाणुहरूलाई तुरुन्तै नष्ट गर्ने भएकाले लामो समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिने जनाउनु भयो।

महानगर प्रमुख राजेशमान सिंहले खानेपानी शुद्धीकरणलाई रोग नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण उपाय भन्दै नागरिकलाई घरमै पानी उमालेर मात्र पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

सामुदायिक स्वास्थ्य पहिलो प्राथमिकता भएकाले महानगरले आफ्नो तर्फबाट शुद्धीकरणको सम्पूर्ण प्रक्रिया अवलम्बन गरिरहेको उहाँले बताउनुभयो।

झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धीकरणलाई प्राथमिकता  दिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार