खानेपानी विभागको महानिर्देशकमा ई.कमलराज श्रेष्ठ नियुक्त

  वास खबर सम्बाददाता  901 पटक हेरिएको
🔗
180
Shares

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा सहसचिव ई. कमलराज श्रेष्ठ नियुक्त हुनुभएको छ । यस अघि २०८० असोज १ गते देखि २०८१ साल श्रावण ७ गतेसम्म विभागको महानिर्देशक भैसक्नु भएका श्रेष्ठलाई बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले पुनः महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि खानेपानीमन्त्री प्रदीप यादवले नै २०८१ साउन ७ गते सोमबार महानिर्देशक श्रेष्ठलाई अन्तै सरुवा गरी तत्कालीन उपमहानिर्देशक सहसचिव ई.राम कुमार श्रेष्ठलाई महानिर्देशक नियुक्त गर्नु भएको थियो।

वर्तमान महानिर्देशक ई. राम कुमार श्रेष्ठलाई भने राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रमा सरुवा गरिएको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ । यस अघि विभाग अन्तर्गत रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रलाई सरकारले परिवर्तित संरचना अनुसार खानेपानी मन्त्रालय मातहत ल्याएर नाम समेत परिवर्तन गरेको हो ।

क्षमता अभिवृद्धि केन्द्रमा कार्यरत सहसचिव माधव अधिकारीलाई भने खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशक बनाईएको मन्त्रालय स्रोतले जनाएको छ । अधिकारी पनि यस अघि नै विभागको उपमहानिर्देशक भैसक्नु भएको छ ।

यस्तै हाल खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक बाल मुकुन्द श्रेष्ठलाई खानेपानी मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखामा सरुवा गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार