
काठमाडौं : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गर्नु भएको छ। उहाँले सपथ गरे लगत्तै मन्त्रालयमा कार्यभार सम्हाल्दै टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने पहिलो निर्णय गर्नुभएको हो ।
मन्त्री खनालले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने बताउनुभयो।
उहाँले भन्नुभयो ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो।’पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।


547 पटक हेरिएको 

