
सिरहा : सिरहाको लहान नगरपालिकामा ४ सय दलित तथा विपन्न घर परिवारका लागि निःशुल्क धारा जडान सुरु भएको छ। नेपाल खानेपानी संस्थान लहान सँगको सहकार्यमा नगरपािलकाले पहिलो चरणमा ५५ घरपरिवारमा धारा जडान गरि सकेको छ।
नगरप्रमुख महेश प्रसाद चौधरीले जानकारी गराउनुभयो। उहाँका अनुसार दोस्रो चरणको काम पनि सुरु भईसकेको छ । दोस्रो चरणमा २४० घर दलित र १६० घर विपन्नको घरमा धारा जडान गरिनेछ ।
अहिले १, १०, ७, २४ र १७ वडामा धारा निःशुल्क जडान भइरहेको प्रमुख चौधरीले बताउनुभयो। गत वर्ष पनि ३ सय दलित परिवारलाई निःशुल्क धारा जडान गराएको थियो।
लहानमा नेपाल खानेपानी संस्थानको व्यवस्थापकीय सुधारका लागि वाटर एड नेपालले विकन परियोजना मार्फत विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।


290 पटक हेरिएको 

