
सप्तरी : सप्तरीको राजविराजस्थित राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत स्वास्थ्य कार्यालय अगाडि नेपाल खानेपानी संस्थान कार्यालयको लापरवाहीका कारण सर्वसाधारण सास्ती ब्यहोर्न बाध्य भएका छन् ।
आइतबार नेपाल खानेपानी संस्थान कार्यालयले गजेन्द्र नारायण सिंह अस्पतालको धारा पाइप जडान गर्न मुख्य सडक नै खनेर जोडेको थियो । तर काम नसकिएपछि खाल्डो भएर यातायातका साधन जोखिम मौलेर सञ्चालन गर्न बाध्य छन् ।
बडा दसैँ सुरु भइसकेको बेला सडकको मुख्य मार्गमै यसरी खाल्डो खनेर छाड्दा दुर्घटना हुने सम्भावना बढेर गएको स्थानीय भन्नालाल यादवले गुनासो गर्नुभयो ।
यस्तै, राजविराज नगरपालिका मात्र नभई अन्य स्थानमा पनि खानेपानी संस्थान कार्यालयको लापरबाहीले धारा तथा पाइप जडान र मर्मतका नाममा सडक खनेर छाड्ने कार्य भइरहेकाले साना–ठुला दुर्घटनाको जोखिम बढेको स्थानीय सञ्चारकर्मी रामनारायण यादवको आरोप छन् ।
सडक विभागबाट अनुमति लिएर धारा तथा पाइप जडान र मर्मतका कार्य गर्नुपर्नेमा स्थानीय रामनाथ मण्डलको गुनासो रहेको छ । यस सम्बन्धमा नेपाल खानेपानी संस्थान कार्यालयका प्रमुख राजाराम यादवका अनुसार सडकको बिच भागमा गजेन्द्र नारायण सिंह अस्पतालको धारा पाइप जडान विगत तीन दिनदेखि भइरहेकाले बुधबार ११ बजेसम्म अधुरो कार्य सम्पन्न हुने बताउनुभयो ।
साथै सो ठाउँको माटो लसिलौ रहेकाले तीन/चार दिनमा सडक कालो पत्रै गजेन्द्र नारायण सिंह अस्पताल मार्फत गराउने खबर गोरखापत्रले प्रकाशन गरेको छ।


306 पटक हेरिएको 

