कुलमानले गरे बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन

  वास खबर सम्बाददाता  302 पटक हेरिएको
🔗
13
Shares

काठमाडौं : मन्त्री कुलमान घिसिङ काठमाडौंको फोहोर बिसर्जनस्थल बञ्चरेडाँडाको अनुगमन गर्नु भएको छ। विगतमा सरकारसँग भएका १८ बुँदे सहमति पूरा नभएको भन्दै स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आज बिहानै बञ्चरेडाँडा अनुगमनका लागि पुग्नु भएको हो।

स्थानीयले गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो । शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल आयोजना गरिए पनि निष्कर्ष बिनै टुङ्गिएको थियो।

शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले त्यहाँका स्थानीयका प्रतिनिधिसँग छलफल गर्दै समस्या समाधानको पहल गर्ने उहाँको सचिवालयले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार