डोल्पा : डोल्पाको सदरमुकाम दुनैमा सरसफाइ अभियान शुरु भएको छ । निजामति कर्मचारी, सेना, प्रहरी र सामाजिक अभियन्ता दुई समूहमा विभाजित भई दुनैको कालिका मन्दिरदेखि तिप्ला पानी सम्मको बजार सरसफाइ गरिएको हो ।

बजारक्षेत्रमा फोहोर बढ्दै गएको र स्थानीय बासिन्दालाई जागरुक गराउन प्रतिकात्मक सरसफाइ अभियानको शुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
दुनै बजारका होटेल, पसल तथा घरबाट निस्कने फोहोरले बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ । निजामती कर्मचारी तथा सफाइ अभियन्ताले सफाइ गरेपछि स्थानीय बासिन्दा पनि तातिने छन् भन्ने अभिप्रायले सांकेतिक रुपमा सरसफाइ अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।


838 पटक हेरिएको 

