सन् २०३० सम्ममा पानीको चरम अभाव हुने

काठमाडौं : सन् २०३० सम्ममा विश्वमा पानीको चरम अभाव हुने एक अध्ययनले देखाएको छ । सन् २०१४ मा विश्वका ५ सय ठूला शहरमा गरिएको अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानकर्ताले हरेक चार मध्ये एक शहरमा पानीको अभाव हुने बताएका हुन् ।

अनुसन्धानकर्ताले सन् २०३० सम्ममा विश्वमा पानीको वितरण ४० प्रतिशत सम्म मात्रै हुने देखिएको निष्कर्ष निकालेको छ । जलवायु परिवर्तन, विकास निर्माणमा होडबाजी, जनसंख्या वृद्धि पानी अभावको मुख्य कारण हुने अध्ययनले औल्याएको छ । पानी अभाव हुने ठूला शहरमा ब्राजिलको साओपालो, भारतको बैंङ्लोर, दक्षिण अफ्रिकाको केपटाउन लगायत शहर रहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार