खानेपानी उपभोक्ता समितिका महिलाका लागि लैङ्गिक समानता, समावेशिता र सुशासनबारे ३ दिने तालिम

  वास खबर संवाददाता  513 पटक हेरिएको
🔗
45
Shares

हेटौंडा : खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा संलग्न महिलाहरुका लागि ‘लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सुशासन’ विषयक ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका महिलाहरुका लागि लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सुशासन सम्बन्धी क्षमता अभिबृद्धि गर्ने उद्देश्यले Welthungerhilfe Nepal र WaterAid Nepal को सहयोगमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) र नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले तालिमको आयोजना गरेको हो ।

वागमती प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री कृष्ण कुमार तामाङ्गले तालिम उदघाटन गर्नुहुँदै प्रदेश भित्रका शहरी एवम ग्रामीण क्षेत्रका सबै नागरिकले खानेपानी सुबिधा प्राप्त गर्नै संबैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने सम्बन्धमा खानेपानी उपभोक्ता समितिहरुले पुर्‍याउनुभएको योगदानको प्रशंसा समेत गर्नु भयो ।

मानिसको आधारभुत आवश्यकतामा पर्ने खानेपानी सुविधालाई संविधानले मोैलिक हकको रुपमा उल्लेख गरेको र खानेपानी सुबिधा पुर्‍याउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको जिम्मेबारी भएतापनि हालसम्म सबै जनतालाई खानेपानी सुविधा पुर्‍याउन नसकेको यथार्य हो र यो चुनौतीपुर्ण कार्य समेत रहेको बताउनु भयोे ।

प्रदेश भित्र सबै क्षेत्रमा खानेपानी सुबिधा पुर्‍याउन वागमती प्रदेश सरसकारले यस अघिसम्म खानेपानी सम्बन्धी विधेयक नभएकोले खानेपानी सम्बन्धी काम गर्न समस्या परेको यथार्थलाई मनन गरी हाल खानेपानी व्यवस्थापन सम्बन्धी विधेयकको मस्योैदा बनाएर बागमती प्रदेश सदनमा दर्ता समेत गरी सकेको जानकारी दिनुहुदै बिधेयक पास भए पछि प्रदेश सरकारलाई खानेपानीका क्षेत्रमा कार्यगर्न सहजहुने बताउनु भयो । मन्त्री तामाङ्गले खानेपानी क्षेत्रमा कार्यगर्ने जनशक्तीको क्षमता विकास गर्न महिलाहरुलाई सशक्तीकरण गर्र्नुपर्ने बताउनु भयो ।

सो कार्यक्रममा हेटौडा उपमहानगर पालिका प्रमुख मिना लामाले हेटौडा उपमहानगर पालिकामा खानेपानी योजना निर्माण र हेटौडा खानेपानी बोर्डसँग सहकार्य गरेर काम गरिरहेको बताउनु हुदै खानेपानी सुबिधा पुर्‍याउन सरोकारवालाहरु तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । यस क्षेत्रलाई दिगो बनाउनका लागि महिलाहरुको अर्थपूर्ण सहभागिता गराउनु सरोकारवाला सबैको दायित्व रहेको बताउनुभयो ।

सो कार्यक्रममा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) का कार्यक्रम व्यवस्थापक निराजन पोख्रेलले ग्रामीण क्षेत्रका खानेपानी उपभोक्ता समितिका महिलाहरुलाई खानेपानीसँगको समस्या र खानेपानी योजना निर्माण तथा व्यवस्थापन गर्नका लागि, सम्बन्धित निकायहरुसँगको समन्वय र सहकार्यको बिषयमा निर्वाह गर्नुपर्ने भुमिका, पानी उपभोगका सम्बन्धमा गर्नुपर्ने व्यवस्थापन, दीगोपना र सुशासन बिषयमा जानकार बनाउन प्रदेश स्तरमा खानेपानी व्यवस्थापनमा लैंगिक समानता, समावेशिता र सुशासनका लागि महिलाहरुलाई सशक्तिकरण र क्षमता अभिबृद्धि गर्न यो तालिमको आयोजना गरिएको बताउनु भयो ।

बागमती प्रदेश सरकारका खानेपानी, सिचाई तथा उर्जा मन्त्री कृष्ण कुमार तामाङ्गको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमलाई खानेपानी सरसफाइ उपभोक्ता महासघका अध्यक्ष राजेन्द्र अर्यालले उपभोक्ताहरुको पानीमाथिको अधिकार स्थापित गर्न सबै सरकार र सरोकारवालाहरुले जोड दिनुपर्ने बताउनुभयो ।

सो तालिम कार्यक्रममा बागमती प्रदेशका बिभिन्न जिल्लाका खानेपानी सरसफाइ उपभोक्ता समितिका ३५ जना महिला पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


उक्त तालिममा महिलाहरुलाई क्षमता अभिबृद्धि, सशक्तिकरण, समावेशिता, सुशासन सम्बन्धी बिबिध बिषयमा प्रशिक्षक ममिता बुढाथोकी र सुजाता सिंहले सहजीकरण गर्नु भएको थियो ।

तालिमको अन्त्यमा लैङ्गिक समानता, समावेशिता र सुशासन अभिवृद्धिका लागि कार्ययोजना तयार गरिएको छ। साथै, खानेपानी, सरसफाइ उपभोक्ता समितिका महिला पदाधिकारीहरूको प्रदेशस्तरीय सञ्जाल निर्माण गर्ने सहमति सहित तालिम सम्पन्न भएको आयोजकले जनाएको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार