सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधी सरसफाइमा जुट्न थालेका छन् । बजार सरसफाइमा नगरपालिका प्रमुख देखि वडा अध्यक्ष तथा सदस्यहरुको बिशेष सहभागिता हुने गरेको छ ।
विगतमा बागी खोला सफाइमा जुटेको सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीसँगै जनप्रतिनिधीले पनि शनिबार टुँडीखेलको सफाइ गरे ।

सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले कुचो लगाएरै टुडिँखेलको सफाइ गर्नुभयो । उहाँसँगै वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतिजंग रायमाझी र लिलाराम गौतम तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्री र टोल सुधार समितिका सदस्यहरु पनि बजार सफाइमा खटिए ।

सरसफाइको सुरुवात गरेका नगर उपप्रमुख विक भन्नुहुन्छ ‘नगरपालिका तथा गैरसरकारी संस्थाले सधैभरि आएर सफा गर्न भ्याउने अवस्था रहदैँन स्थानिय बासिन्दाको विशेष ध्यान जानुपर्छ ।’ सन्धिखर्क बजारमा देखिएको धुलोलाई नगरपालिकाले तुरुन्तै नियन्त्रण गर्न लागेमा बजारलाई सफा बनाउन थप सहज हुने सरसफाइ कार्यक्रमका सहभागीहरु बताउँछन् ।

सन्धिखर्क नगरपालिकाको आयोजना तथा युएन हयाविट्याट र प्रकाश सचेतन समुह प्रागको सहजीकरणमा भएको सरसफाइ कार्यक्रममा सरसफाइ क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, सरकारी कर्मचारी, टोल सुधार समितिका सदस्यहरु र बजारबासीको समेत सहभागिता थियो ।

अर्घाखाँची जिल्ला खुल्ला दिसामुक्त घोषणा भएपछि पुर्ण सरसफाइका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । सन्धिखर्क बजार सहित जिल्लाका गाउँ, टोलमा पनि सरसफाइ कार्यक्रमहरु हुन थालेका छन् ।


911 पटक हेरिएको 

