खानेपानी मन्त्रालयका सचिव बज्राचार्यको सरुवा, राम आधार साहको पुनरागमन

  वास खबर सम्बाददाता  601 पटक हेरिएको
🔗
97
Shares

काठमाडौं : खानेपानी मन्त्रालयकी सचिव ई. प्रमिला देवी शाक्य बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ। विदेश भ्रमणमा रहेकै बेला सचिव बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरी ट्रस्टका सचिव राम आधार साहलाई पुनः खानेपानी मन्त्रालयमा ल्याईएको हो । थाईल्याण्डमा भैरहेको पानी तथा विकास सम्मेलन र प्रदर्शनी २०२५ मा सचिव ब्रज्राचार्यले नेपालको नेतृत्व गरिरहनुभएको छ ।

दोस्रो पटक खानेपानी मन्त्रालय संम्हाल्नु भएकी सचिव बज्राचार्यलाई यस अघि नेपाल ट्रस्टकै कार्यालयबाट खानेपानी मन्त्रालयमा ल्याईएको थियो । पहिलो कार्यकालमा २०७८ असार १९ गतेदेखि २०७८ माघ २४ गतेसम्म खानेपानी मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गर्नुभएकी सचिव बज्राचार्यले दोस्रो पटक २०८१ साउन देखि सचिवको जिम्मेवारी संहाल्दै आउनु भएको थियो।

सचिव राम आधार साहले भोलि बिहान ११ बजे खानेपानी मन्त्रालयमा पद बहाली गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ ।

सोमबारको मन्त्रीपरिषद बैठकले आठ जना सचिवहरूको सरुवा गरेको हो । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा रहेका सचिव कमल पोखरेललाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, तथ्यांकका सचिव मधुसुदन बुर्लाकोटीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गरिएको छ ।

उद्योग मन्त्रालयका सचिव कृष्ण राउतलाई भने निर्वाचन आयोगमा खटाइएको छ । निर्वाचन कार्यालयका सचिव महादेव पन्थलाई भने अतिरिक्तमा सारिएको छ।

त्यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ भने कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयको सचिवको जिम्मेवारी दिईएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार