खानेपानीमा लगाएको करले मौलिक अधिकार हनन :अध्यक्ष ओली

  वास खबर समाचारदाता  300 पटक हेरिएको

दाङ : राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले सरकारले खानेपानी क्षेत्रमा लगाएको कर, विद्युत महसुल तथा उच्च ब्याजदरले जनताको मौलिक अधिकार हनन भएको बताउनु भएको छ । दाङको राप्ती गाउँपालिका – ८ स्थित प्रगतिनगर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ८औँ वार्षिक साधारण सभा तथा ४औँ अधिवेशन सभामा अध्यक्ष ओलीले सरकारले लगाएको कर खारेजीको लागि महासंघले जोडदार माग गर्दै आएको बताउनुभयो ।

अध्यक्ष ओलीले खानेपानी तथा सरसफाइ ऐन २०७९ ले उपभोक्ता समितिहरू खारेजी तथा विघटन गर्न सक्ने गरी स्थानीय तहलाई दिइएको अधिकारप्रति असहमति जनाउनुभयो।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एवं राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले गाउँपालिकाले गरिब तथा विपन्न जनतालाई धारा जडान गर्दा ५० प्रतिशत छुट प्रदान गर्ने नीति लिएको जानकारी गराउनुभयो। उहाँले खानेपानी क्षेत्रको जिम्मेवारी उपभोक्ता समितिले लिएकोमा प्रशंसा गर्दै सरसफाइ क्षेत्रमा समेत समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाका अध्यक्ष भरत प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार