प्रभावकारी योजना निर्माण र परिणाममुखी कार्यान्वयनका लागि एकजुट भएर लागौं : मन्त्री बुढा

  वास खबर सम्बाददाता  392 पटक हेरिएको


सुर्खेतः कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय बिजया बुढाले प्रभावकारी योजना निर्माण र परिणाममुखी कार्यान्वयनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ ।

मन्त्रालयमा सरुवा भई आउनु भएका प्रदेश सचिव डा। योगेन्द्र मिश्रको स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले जलस्रोत तथा ऊर्जा क्षेत्र कर्णाली प्रदेशको समृद्धिको प्रमुख आधार भएको समेत उल्लेख गर्नुभयो। नयाँ सचिवको अनुभव र नेतृत्वले मन्त्रालयको कार्यसम्पादन अझ प्रभावकारी हुने विश्वास लिएको छु उहाँले भन्नुभयो ।

स्वागत कार्यक्रममा मन्त्रालयको हालको वस्तुस्थिति, हालसम्मको प्रगति, भइरहेका गतिविधि तथा आगामी कार्यदिशाबारे इन्जिनियर सागर आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

सो अवसरमा प्रदेश सचिव डा। योगेन्द्र मिश्रले मन्त्रालयको जिम्मेवारी ग्रहण गर्न पाउँदा आफूलाई गौरव महसुस भएको बताउनुभयो। उहाँले कर्णाली प्रदेशमा जलस्रोत तथा ऊर्जा क्षेत्रको विकासका अपार सम्भावना रहेको उल्लेख गर्दै नीति, योजना र कार्यान्वयन बीचको समन्वयलाई सुदृढ बनाउँदै परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव मिश्रलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा सहित मन्त्रालयका कर्मचारीहरूले स्वागत तथा सम्मान गरेका थिए।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार