अस्थायी ल्यान्डफिल भरिएपछि पोखराको फोहोर सोमबार देखि सडकमै

  वास खबर सम्बाददाता  333 पटक हेरिएको
🔗
22
Shares

लेखनाथ : सोमबारदेखि पोखरा महानगरको फोहोर उठ्न सकेको छैन। वडा नम्बर ३२ को लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल भरिएपछि त्यहाँ फोहोर लैजान बन्द गरिएको छ।

तीन दिनदेखि फोहोर सडक किनारमै थुप्रिएको छ। स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएको थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि वडा नम्बर १४, बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट बन्द गरिएको थियो। विमानस्थलको दुई किलोमिटरमा रहेको ल्यान्डफिल बन्द गरी अस्थायी रुपमा फोहोर विसर्जन गर्दै आएको महानगरले अझै अर्काे ल्यान्डफिल साइट व्यवस्थापन गर्न सकेको छैन।

महानगरका सरसफाइ महाशाखा प्रमुख हर्क गायकले अस्थायी ल्यान्डफिल साइट भरिएको र वैकल्पिक व्यवस्था भइनसकेको बताउनुभयो। “लामेआहालको अस्थायी ल्यान्डफिल भरियो, फोहोर तीन दिनदेखि सडकमै छ,” उहाँले भन्नुभयो।

वडा नम्बर ३३ मा महानगरले आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने योजना बनाए पनि विवादले कामअघि बढ्न सकेको छैन। महानगरका दैनिक करिब दुई सय टन फोहोर उत्पादन हुने गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार