हिमालको पानी ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गर्ने उज्यालो नेपाल पार्टीको प्रतिबद्धता

  वास खबर संवाददाता  194 पटक हेरिएको

काठमाडौं : उज्यालो नेपाल पार्टीले आफ्नो निर्वाचन प्रतिबद्धता पत्रमा उत्पादनको ब्रान्डिङ र बजारीकरणलाई विशेष प्राथमिकतामा राख्दै हिमाली क्षेत्रबाट उत्पादित पानीलाई विश्व बजारमा निर्यात गर्ने योजना सार्वजनिक गरेको छ।

पार्टीले सगरमाथा लगायत हिमाली श्रृंखलाबाट उत्पादित पानीलाई अन्तर्राष्ट्रिय स्तरको ब्रान्डका रूपमा विकास गरी विश्व बजारमा निर्यात गर्ने घोषणा गरेको हो। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गरिएको निर्वाचन प्रतिबद्धतापत्रमा सगरमाथा लगायत नेपालका हिमाली स्रोतहरूबाट संकलित पानीलाई “प्राकृतिक, शुद्ध र उच्च गुणस्तर” को पहिचान सहित अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उल्लेख छ ।

सगरमाथा लगायत हिमाली श्रृंखलाबाट उत्पादित पानीलाई ब्रान्डीङ र बजारीकरण गरी संसारभर निर्यात गर्ने उल्लेख गरेको भए पनि देशबासीले पिउने पानी र सरसफाइको सवालमा भने उज्यालो पार्टी मौन छ । यसबारेमा कहीं कतै उल्लेख गरेको भेटिएन ।

उज्यालो नेपालको प्रतिबद्धता पत्र :

UNP

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार